durbar-times

बालुवाटारमा चियापान कार्यक्रम, माधव झलनाथ समूह नजाने


बालुवाटारमा चियापान कार्यक्रम, माधव झलनाथ समूह नजाने

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापान कार्यक्रम आयाेजना गरेका छन् । सर्वाेच्च अदालतकाे फैसलापछि व्युँतिएकाे नेकपा एमालेका सबै केन्द्रीय सदस्यहरूलाई बाेलाइएकाे चियापान कार्यक्रममा माधव नेपाल समूह भने नजाने भएकाे छ।

साेमबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल समूहबीच भएकाे छलफल बिना निर्णय टुङ्गिएपछि नेपाल समूह चियापान कार्यक्रममा नजाने भएकाे हाे ।

ओलीले फागुन २८ गते गरेकाे निर्णय सच्याउनुपर्ने भन्दै केन्द्रीय कमिटीदेखि स्थानीय तहसम्म समानान्तर कमिटी बनाउने निर्णय नेपाल समूहले गरेकाे छ । उक्त निर्णयपछि धुम्बाराहीमा बसेकाे छलफल बिना निष्कर्ष टुङ्गिएकाे थियाे ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send