नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाेलाएकाे संसदीय दलकाे बैठकमा सहभागी भएका वामदेव गाैतमलाई माधव नेपालसमूह एकताकाे पक्षमा नरहेकाे प्रष्ट भएकाे बताएका छन् ।
बैठकमा सहभागी भएका एक नेताका अनुसार ओलीले वामदेवलाई ‘उनीहरु एकताको पक्षमा छैनन भन्ने कुरा अब तपाईले बुझ्नुभयो होला नी ? अब त्यता नलाग्नुस ।’ भनेका हुन् ।
सर्वाेच्च अदालतले फागुन २३ गते एमाले र माओवादी व्युँताइदिएपछि ओली समूह र नेपाल समूह छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।
ओलीले आज आयाेजना गरेकाे संसदीय दलकाे बैठक पनि माधव नेपाल समूहले बहिष्कार गर्दै राष्ट्रिय सभा गृहमा युवा संघकाे भेला आयाेजना गरेकाे छ ।