नेकपा एमालेका नेता वामदेव गाैतम बालुवाटार पुगेका छन् । केही समयअघि बालुवाटार पुगेका उनी पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेकाे बताइएकाे छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बैठक बाेलाएका हुन् ।
पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।