वामदेवको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै


वामदेवको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको थिएन। गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत असोज १२ मा रिट दायर गरेका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका  थिए।

विवादित वामदेवकाे राष्ट्रियसभा आरोहण
राजनिति सत्ताकाे वरिपरि मात्र पावरफुल हुन्छ भन्ने कुरा नेपाली नेताहरूले राम्राेसँग बुझेका छन् । सत्ताबाट बाहिरिने बित्तिकै आफ्नै भन्नेहरूले पनि नगन्ने पीडा प्राय सबै नेताहरूले भाेग्दै आएका छन् । र यीमध्ये सबैभन्दा अनुभवी नेता हुन् वामदेव गाैतम । वामदेव गाैतम नेपाली राजनितिमा प्रभावशाली नेताका रूपम…
वामदेवलाई राष्ट्रियसभामा नलैजान सरकारलाई विवेकशीलको आग्रह
विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ । ”२०७४ को प्रतिनिधि सभा …
वामदेवकाे सट्टा आफूलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्रीलाई एक युवतीकाे निवेदन
चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा वामदेव गाैतमकाे सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान भन्दै निवेदन दिएकी छन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् । त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीत…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...