वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बन्न बाटाे खुला


वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बन्न बाटाे खुला

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै गौतमलाई  राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न बाटो खुलेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरूद्ध हालेको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्दियाबाट प्रतिनिधि सभामा पराजित वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गएको असोज १ गते मनोनित गरेकी थिइन। त्यसपछि गौतमविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

यस घटना सम्बन्धित पहिलेका कृया-प्रतिकृया

वामदेवकाे सट्टा आफूलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्रीलाई एक युवतीकाे निवेदन
चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा वामदेव गाैतमकाे सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान भन्दै निवेदन दिएकी छन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् । त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीत…
वामदेवलाई राष्ट्रियसभामा नलैजान सरकारलाई विवेकशीलको आग्रह
विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ । ”२०७४ को प्रतिनिधि सभा …
वामदेवलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले केही दिन अघी मात्र राष्ट्रियसभा सदस्यमा नियुक्त भएका नेकपा उपाध्यक्ष वामदेव गौतमको लाई कुनै संवैधानिक जिम्मेबारी नदिन आज अन्तरिम आदेश जारी गरेको छ। प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई राष्ट्रियसभामा मनोनित गर्नु संविधान विपरित भएको भन्दै वरिष्ठ अधिवक्ता दिन…
वामदेवको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणले न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको थिएन। गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...