http://bit.ly/bajajdurbartimes

वामदेवले ओलीलाई सुनाए एकताको सूत्र


वामदेवले ओलीलाई सुनाए एकताको सूत्र

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा डाकेर महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटमा प्रतिनिधिसभा बिघटनपछि उत्पन्न परिस्थिति र नेकपाको एकता बचाउने विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो समूहमा विशेष जिम्मेवारी लिएर रहन आग्रह गरेको विश्वस्त स्रोतले बताएको छ । तर, वामदेवले त्यसलाई ठाडै अस्वीकार गर्दै एकता अभियान शुरु गर्न लागेको बताएका थिए । उनले कुनै पनि समूहमा नलागी एकता अभियानमा केन्द्रित हुने तयारी भइरहेको सुनाएका थिए ।

गौतमले अझैपनि एकताको सम्भावनाको सूत्रबारे छलफल गरेका थिए । संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पनि नेकपालाई फुट्न नदिने भन्दै उनले आफू एकताको अभियानमा सशक्त रुपमा लाग्ने बताएका थिए ।

उनले संसद पुर्नस्थापना, ओलीको पूरा कार्यकाल सरकारमा रहने सुनिश्चित वातावरणलगायतको सम्भावनालाई सूत्रका रुपमा सुनाएका थिए ।

नेकपाको एकताका लागि गौतमले १५ सय एक सदस्यीय एकता अभियान चलाउने तयारी गरेका छन् । उनले यसै हप्ता अभियानको घोषणा गर्ने बुझिएको छ ।

बामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु
काठमाडौँ | पार्टी विभाजनमा कुनै पक्षमा खुलेर नदेखिएका नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई आफू अझै पार्टी एकताकै पक्षमा रहेको र त्यसका लागि देशब्यापी रुपमा अभियान चलाउन लागेको भन्दै त्यसमा साथ दिन आग्रह गरेका छन्। गौतमले पार्टी एकताका लागि ओलीलाई राखेको ४ सर्तहरु: * पार्टी एक…
1

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

2

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

3

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

4

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

5

विहिबार सुनको मुल्यमा गिरावट

6

पुछारको सेफिल्डसँग युनाईटेड पराजित


Share Tweet Send