http://bit.ly/bajajdurbartimes

बंगलादेशमा विजय दिवस मनाइयो


बंगलादेशमा विजय दिवस मनाइयो

सिन्ह्वा | बंगलादेशले बुधबार आफ्नो ५० औं विजय दिवस मनाएको छ ।

यस अवसरमा बंगलादेशमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न सैनिक परेडलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो । बंगलादेशका राष्ट्रपति एमडी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना सो विदय उत्सव सम्बन्धी कार्यक्रममा सहभागी भएका थिए ।

बंगलादेशको राजधानी ढाकामा बुधबार विजय उत्सवका लागि विशेष कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ । सन् १९७१ मा भएको स्वतन्त्रतासम्बन्धी युद्धमा भएको विजयको स्मरण गर्दै बंगलादेशले डिसेम्बर १६ लाई विजय उत्सवका रुपमा मनाउने गर्दछ ।

बंगलादेशमा पनि पछिल्लो समयमा कोभिडको महामारी बढ्दै गएकोले यस वर्षको विजय उत्सव भने पहिले पहिलेका वर्षहरुमा जस्तो व्यापक रुपमा भने सम्पन्न गर्न नसकिएको बंगलादेशको राजधानी ढाकाबाट प्राप्त भएका समाचारहरुमा जनाइएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send