बंगलादेशको ढाकामा फ्रान्स विरुद्ध प्रदर्शन, जलाए फ्रान्सका राष्ट्रपति म्याक्रोको पुतला


बंगलादेशको ढाकामा फ्रान्स विरुद्ध प्रदर्शन, जलाए फ्रान्सका राष्ट्रपति म्याक्रोको पुतला

फ्रान्सको सामान बहिष्कारको माग गर्दै बंगलादेशको राजधानी ढाकामा हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बंगलादेशमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको पुतला जलाएको बीबीसीले जनाएको छ । यस्तै, प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारको नारा लगाउदै राष्ट्रपति म्याक्रोलाई सजाय दिन माग गरेका छन् ।

म्याक्रोले फ्रान्सेली पत्रिका ’शार्ली एब्दो’ मा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेपछि इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध विरोध प्रदर्शन भइरहेको खबरमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार फ्रान्सविरुद्धको विरोधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । यो कार्यक्रमको आयोजना इस्लामी आन्दोलन बंगलादेशले गरेको हो । यो बंगलादेशको ठूलो इस्लामिक पार्टीमध्ये एक हो ।

गएको सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गरेका थिए । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दाेआनको आलोचना गरेका थिए ।
बीबीसी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...