स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिको बिल्बाओमाथि ३-२ गाेल अन्तरकाे पुनरागमन जित हात पारेको छ ।
एथलेटिको बिल्बाओको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एथलेटिको क्लबका लागि खेलको ३ मिनेटमा विलियम्सले पहिलो गोल गरेका थिए भने खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ३८ औं मिनेटमा र ६२ औं मिनेटमा लियोनल मेसीले व्यक्तिगत दुइ गोल गरे भने खेलको ९० औं मिनेटमा एथलेटिकोका मियुनियेले गोल गर्दै खेल ३-२ काे स्थितिमा ल्याएका थिए ।
जितसँगै बार्सिलोना १७ खेलमा ३१ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएकाे छभने एथलेटिको बिल्बाओ १८ खेल खेल्दै २१ अंक सहित तालिकाको ९ औं स्थानमा छ ।