स्पेनिस लिग लालिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बिल्बाओलाई पराजित गर्दै बार्सिलोना रियललाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले खेलको १९ औं मिनेटमा उत्कृस्ट फ्री किक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४० औं मिनेटमा जोर्डी अलाबाको आत्मघाती गोलले खेल बराबरीमा आएको थियो । ७४ औं मिनेटमा बार्साका लागि ओस्कार मिङ्ग्वेजाको क्रसमा एन्टोइन ग्रिजमनले ट्याप इन गोल गरेका थिए।
ग्रिजमनको गोलपछि खेलमा अन्य गोल हुन् सकेन र बार्साले सम्पूर्ण तीन अंक हात पार्यो। यस् जितसँगै २० खेलबाट ४० अंक बटुलेको बार्सा तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
समान ४० अंक नै भएपनि रियल गोलअन्तरमा तेस्रो स्थानमा झरेको हो । रियल शनिबार राति लेभान्टेसँग २–१ ले पराजित भएको थियो ।
यता समान २० खेलबाट २४ अंक बटुलेको बिल्बाओ भने ११अौं स्थानमा झरेको छ।