ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल सोसिडाडलाई २-१ गाेलअन्तरले हराउँदै पुनरागमन जित हात पारेको छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा भएको खेलको पहिलो हाफको २७ औँ मिनेटमा सोसिडाडका विलियन जोसेले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि खेलको ३१ औँ मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने खेलको ४३ औँ मिनेटमा डी जोंगले गोल गर्दै बार्सिलोनाका लागि जित सुनिश्चित गरेका हुन् । खेलको दोस्रो हाफमा कुनै गोल हुन नसक्दा बार्सिलोनाले जित आफ्नो पोल्टामा पारेको हाे ।
जितसँगै १२ खेलमा २० अंक जाेडेकाे बार्सिलोना तालिकाको पाचौँ स्थानमा छभने हारपछि १४ खेलमा २६ अंकसहित सोसिडाड तालिकाको दोस्रो स्थानमा छ ।
यो पनि :