http://bit.ly/bajajdurbartimes

मेस्सी नहुँदा बार्सिलोनाको रेलिगेशनबाट जोगिन संघर्षरत ईबरसंग बराबरी


मेस्सी नहुँदा बार्सिलोनाको  रेलिगेशनबाट जोगिन संघर्षरत ईबरसंग बराबरी

एजेन्सी |  बार्सिलोनाले ला लिगा फुटबलमा ईबरसंग बराबरी खेलेको छ । लियोनल मेस्सी नभएको खेलमा ईबरसंग बराबरी खेलेको हो ।

मंगलबार राति बार्सिलोनाले ईबरसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

चोटका कारण लियोनल मेस्सी आराम गरिरहेका छन् । तर बार्सिलोनाले घरेलु मैदानमा रेलिगेशनबाट जोगिन संघर्षरत ईबरसंग बराबरी खेल्दै अंक बाँड्यो ।

मार्टिन व्रेथवेटले पहिलो हाफमै पेनाल्टी खेर फालेपछि बार्सिलोनाले अग्रताको मौका गुमाएको थियो ।दोस्रो हाफमा किकी गार्सियाले गोल गर्दै ईबरलाई सुरुवाती अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

व्रथवेटसमक्ष बार्सिलोनालाई खेल जिताउने अवसर थियो । तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खुट्टाको चोटसंग आराम गरिरहेका मेस्सीले बार्सिलोनाको खेल हेरेका थिए । उनी मंगलबारमात्र अर्जेन्टिनाबाट फर्किएका हुन् ।

बार्सिलोना १ अंक सहित तालिकाको छैटौं स्थानमा रह्यो । रेलिगेशन जोनमा रहेको ईबर १६ अंक सहित तालिकाको १५ औं स्थानमा रह्यो ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send