एजेन्सी | स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले काडिजसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा काडिजसँग खेल्नेछ । बार्सिलोना र काडिजबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना शीर्ष दुई टोलिमाथि दबाब कायम राख्न चाहन्छ ।
काडिज २४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै रियल सोसीडाडले डिपोर्टिभो अल्भेससँग खेल्नेछ । यस्तै ग्रानडाले हुएस्कासँग खेल्नेछ ।