बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल


बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेससंग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेससंग १–१ गोलको निराशाजनक बराबरी खेलेको हो । बार्सिलोना स्पेनिस लिगको पछिल्ला चार खेलमा जित निकाल्न असफल छ ।

तालिकाको १५ औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।

६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । तर बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सी सर्वाधिक कमाउने फुटबलर
क्रिस्टियानो रोनाल्डोलाइ पछि पार्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका छन्। फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। फोर्ब्स म्यागेजिनका अनुसार …

बार्सिलोना ८ अंक सहित १२ औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३ औं स्थानमा छ । लिग लिडर रियल मड्रिड १६ अंक सहित शीर्ष स्थानमा छ ।

ला लिगामा रियलको हुएसका विरुद्ध शानदार जित
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएसकाविरुद्ध शानदार जित हासिल गरेको छ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबारको पहिलो खेलमा हुएस्कामाथि जित दर्ता गरेको हो । रियलको जितमा करिम बेन्जमाले दुई गोल गरे भने लामो इन्जुरीपछि टिममा फर्किएका इडेन हजार्डले एक गोल गरेका थिए । त्यस्तै …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...