बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी


बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी

लियोनल मेसीले बार्सिलोनाका प्रत्येक समस्यामा आफूलाई नै दोषी देखाइने भन्दै त्यसबाट आफू थाकेको बताएका छन् । आफ्नो कारण एन्टोनी ग्रिजमान बार्सिलोनाको जीवनमा अभ्यस्त हुन नसकेको आरोपको खण्डन गर्दै लियोनेल मेस्सीले आफू क्लबभित्रको असफलतालाई बोक्दा–बोक्दा वाक्क भइसकेको बताएका छन् । एन्टोन ग्रिजमनका पूर्वएजेन्टले मेसीकै कारण फ्रान्सेली स्ट्राइकरले बार्सिलोनाका लागि ला लिगामा राम्रो खेल्न नसकेको आरोप लगाएका थिए।

एरिक ओल्ह्याट्सले मेसीले बार्सिलोनामा चाहिने भन्दा बढी नियन्त्रण गरेको बताएका थिए । उनले मेसीकै कारण ग्रिजमनले गत वर्ष क्लब आए यता सोचेजस्तो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए । पछिल्लो वर्ष मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध चिसिएको थियो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोर्दै बार्सा सन् २०१९–२० सिजनमा उपाधिविहीन रह्यो । त्यसपछि क्लब छाडेर जान चाहेका मेस्सी र क्लबबीच उनको करारको विषयलाई लिएर द्वन्द्व नै चल्यो । मेस्सी अन्ततः क्लबमा नै रहे पनि अक्टोबरको अन्त्यमा क्लबका अध्यक्ष र बोर्ड अफ डाइरेक्टरले राजीनामा नै दिन बाध्य बने ।

विश्वकप छनोटमा अर्जेन्टिनाका लागि खेलेयता मेसी बार्सिलोना आइपुगेका हुन् । विमानस्थलबाट बाहिर पुगेलगत्तै उनलाई स्पेनी मिडियाले घेरेका थिए। त्यसै क्रममा उनले भने, ‘सत्य बोल्ने हो भने म थाकिसकें, किनभने बार्सिलोनाका प्रत्येक असफलतामा मेरै कारण देखाइन्छ ।’  मेसीले थप भने, ‘अहिले म १५ घण्टा उडानमा बिताएर थाकेर आइरहेको छु, स्पेनी कर अधिकृतहरू पनि मलाई नै पर्सिरहेका छन्, यो त पागलपनको हद नै हो ।

अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किएका एल प्राट विमानस्थलमा पत्रकारहरुलाई छोटो तर तिखो प्रतिक्रिया दिए । गोलडटकमका अनुसार ३३ वर्षीय खेलाडीलाई स्पेन फर्कने बित्तिकै करका अधिकारीहरुले आवश्यक कागजात मागेका कारण मेस्सी थप क्रुद्ध थिए । पछिल्लो समय मेसी आफैं स्पेनी कर अधिकृतहरूको लगातार सोधपुछमा फसेका छन् ।

सन् २०१६ मा मेसीलाई २१ महिनाको जेल सजाय सुनाइएको थियो । यस क्रममा उनलाई २० लाख युरो जरिवाना पनि तिराइएको थियो । उनीमाथि छवि अधिकारबाट कमाएको ४२ लाख युरो स्पेनी सरकार सक्षम लुकाएको अरोप लगाइएको थियो । मेसीले २ लाख ५० हजार युरो तिरेपछि उनलाई जेल भने जान परेन । स्पेनी कानुनमा कुनै पूर्व दोष नभए दुई वर्षसम्मको जेल सजाय बाहिर निगरानीमा बिताउन पाउने नियम छ ।

यो पनि पढ्नुस: महत्वपूर्ण तीन खेल अघि रियल मड्रिड संकटमा


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...