स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो । किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे ।
जितसँगै समूह 'जी' बार्सिलोनाले ४ खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोना अपराजित रहेको छ । किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि युनाईटेडले सहज जित निकालेको हो । जितसँगै समूह 'एच' को युनाईटेडले ४ खेलमा ९ अंक जोडेको छ ।
इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।