http://bit.ly/bajajdurbartimes

घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल


घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ को हार ब्यहोरेको छ ।

शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे ।

ला लिगामा बढुवा भएपछि माथिल्लो स्तरका टोलीमाथि काडिजले घरेलु मैदानमा पहिलो जित निकालेको हो ।

घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो ।

बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाउन सफल रहे ।

प्रशिक्षक रोनाल्ड कोम्यान बार्सिलोनामा रहेको समय सन् १९९१ म काडिजले बार्सिलोनालाई पराजित गरेको थियो ।

बार्सिलोनाले पछिल्ला ७ मध्य ६ खेलमा जित निकालेको छ । तर १० खेलको समाप्तिमा शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा क्लब १२ अंकले पछि परेको छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई २–० ले हरायो । एट्लेटिकोको जितमा लेमार र लोरेन्टोले समान एक एक गोल गरे ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडको २६ अंक छ । भालाडोलिड १० अंक सहित पुछारबाट दोस्रोमा छ ।

यो पनि:

मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी


1

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

2

देशभर आजको मौसम यस्तो छ

3

आजको राशिफल

4

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

5

अन्ततः डा गोविन्द केसी पनि सडकमा

6

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान


Share Tweet Send