http://bit.ly/bajajdurbartimes

बार्सिलोना र युभेन्टस भिड्दै, रोनाल्डो भर्सेस मेस्सी यस्तो छ इतिहास


बार्सिलोना र युभेन्टस भिड्दै, रोनाल्डो भर्सेस मेस्सी यस्तो छ इतिहास

Predict & Win contents is Live, check the insructions in this page below

युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समुहचरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टस भिड्दै छन् । खेल नेपाली समय अनुसार रति १ :४५ मा हुदैँछ। आजको खेलमा दुई महान खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुई वर्ष पछि आमनेसामने हुँदै छन् ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेल समूह "जी"को अन्तिम खेल हो। दुबै टोलि समूह चरण पार गरेर नकआउट चरण पुगिसकेका छन् । घरेलु मैदानमा हुने आजको खेल जित्दै बार्सिलोना समुह चरणको कुनै पनि गमे न हारी नकआउट चरण पुग्ने सोचमा हुनेछ भने एक खेल हारेको युभेन्टस बार्सिलोनालाई हराउदै बराबरी अंक सहित नकआउट चरणपुग्ने सोचमा हुनेछ।

५ खेलमा सतप्रतिसत जित हात पार्दै बार्सिलोना समूह चरणको शीर्ष स्थानमा छ भने अक्टोबरमा भएको खेलमा बार्सिलोनाले २-०ले घरेलुमैदानमा हराएको युभेन्टस बार्सिलोना भन्दा ३ अंक कम(५ खेलमा १२ अंक) सहित दोस्रोस्थानमा छ।

रोनाल्डो भर्सेस मेस्सी २ वर्ष ७ महिना पछि फेरी रोनाल्डो भर्सेस मेस्सी

रोनाल्डो भर्सेस मेस्सी इतिहास
photo: fifaworldcupnews.com

सन् २०१८ पछि पहिलो पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुदैछन् । रोनाल्डोले रियल म्याड्रिड छोडेपछि दुई खेलाडी पहिलो पटक भिड्न लागेका हुन् । यी दुई खेलाडीले गएको १२ वर्षदेखि विश्व फूटबलमा एकछत्र राज गरिराखेका छन् । त्यसैले आजको खेल रोनाल्डो भर्सेस मेस्सी भन्दा फरक पर्नेछैन ।

बार्सिलोनाका स्टार लियोनल मेस्सी र पूर्व रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेडका फरवार्ड क्रिस्ट्यानो रोनान्डोले हालसम्म कुल ११ बेलन डर जितेका छन् भने सबै प्रतियोगितामा गरि ३५ पटक आमनेसामने भएका छन् । त्यसमा मेस्सीले २२ गोल गर्दै १६ खेल जितेका छन् भने रोनाल्डोले १९ गोल गर्दै १० खेल जितेका छन् ।

तर क्रिस्ट्यानो रोनाल्डोले ५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा मेस्सीले चार पटक उपाधि जितेका छन् । रोनाल्डो च्याम्पियन्स लिग इतिहासका सार्वधिक गोलकर्ता पनि हुन् । उनले हालसम्म १३३ गोल गरेका छन् भने मेस्सीले ११८ गोल गरेका छन् ।

हालसम्म यी दुई खेलाडी च्याम्पियन्स लिगमा पाँच पटक भिडेका छन् । त्यसमा २ खेल मेस्सीले आफ्नो पोल्टामा पारेका छन् भने १ खेल रोनाल्डोले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send