http://bit.ly/bajajdurbartimes

ला लिगामा लियोनल मेस्सीको गोलमा बार्सिलोनाको जित


ला लिगामा लियोनल मेस्सीको गोलमा बार्सिलोनाको जित

बार्सिलोनाले ला लिगामा लेभान्तेलाई हराएको छ । आईतबार राति नाउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को कठिन जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले गोल गरेका हुन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले मार्टिन ब्रेथवेट, जोर्डी अल्बा, एन्टोनी ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारेका थिए । लेभान्तेका गोलकिपर एटोर फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।

बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । उसले तालिकामा दुई स्थान सुधार गरेको छ ।

लियोनल मेस्सीले यस सिजन ९ गोल पुरा गर्दा लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।

यो पनि :

राेनाल्डाेकी बहिनीद्वारा मेसीलाई हाेच्याउने कार्टून, फ्यान आक्रोशित


1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send