स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
क्याम्प नाउमा भएको खेलमा २९ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाइ अग्रता दिए भने, खेलको ४२ औं मिनेटमा ग्रिजम्यान, ५७ औं मिनेटमा कौटिन्होले र खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् ।
अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए । खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं‘ लेखेका छन् ।
मेस्सीले मरोडोनाका लागि समर्पण गरेको गोल मरोडोनाको गोलसंग मिल्दोजुल्दो देखिन सकिन्छ।
El gol de Messi és pràcticament idèntic a l’únic que va marcar Maradona amb Newell’s 😳 pic.twitter.com/tye9qY3UET
— Albert Mercadé (@albertmercade) November 29, 2020
यो पनि : म्यारोडोनालाई पेलेकाे श्रदान्जली, 'एक दिन हामी आकाशमा बल खेल्नेछौँ'