durbar-times

बार्सिलोनाको पुनरागमन जित


बार्सिलोनाको पुनरागमन जित

काठमाडौं – ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले  पुनरागमन जित निकालेको छ।

रियल बेटिसको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले ३–२ गोलको जित निकालेको हो। बार्सिलोनाको जितका लागि लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले समान १/१ गोल गरे।

खेलको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टिम बेटिसले सुरुआती अग्रता निकाल्यो। बोर्जा इग्लेसियसले गोल गरेपछि बेटिसले अग्रता बनाएको थियो। यससँगै पहिलो हाफको बार्सिलोना एक गोलले पछि पर्‍याे। दोस्रो हाफको ५९ औं मिनेटमा भने बार्सिलोनाका मेस्सीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको ६८ औं मिनेटमा बेटिसका भिक्टर रुइसले आफ्नै पोस्टमा गोल गरेपछि अग्रता बनाएको बार्सिलोनाले सो अग्रता ७५औं मिनेटमा गुमाएको थियो। बेटिसका रुइसले यसपटक बार्सिलोनाकै पोस्टमा गोल गर्दै खेललाई २–२ गोलबाट प्रतिस्पर्धी अवस्थामा पुर्‍याए।

तर, ८७ औं मिनेटमा ट्रिनाकोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

गएरातिको जितसँगै ४३ अंक बनाएको बार्सिलोना रियल मड्रिडलाई गोेलअन्तरका आधारमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ भने पराजित बेटिस ३० अंकका साथ सातौं स्थानमा छ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send