http://bit.ly/bajajdurbartimes

बर्दिवासको स्थिती झन तनावग्रस्त : प्रदर्शनकारीले तोडे निषेधाज्ञा, २ प्रहरी घाइते


बर्दिवासको स्थिती झन तनावग्रस्त : प्रदर्शनकारीले तोडे निषेधाज्ञा, २ प्रहरी घाइते

महोत्तरी — बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् ।

प्रहरी जवान अर्जुन प्रसाद बानियाँको बियरको बोतलले लागि चिउडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरुको उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिए ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका छन् ।

स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर अश्रु ग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरु नारा र जुलुस लगाउँदै सडकमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको गोली लागि घाइते भएका सञ्जय न्यौपानेको ज्यान गएपछि स्थिती झन् जटिल बनेको हो । मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिकाका हत्यारालाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय मागसहित बर्दिवासमा आन्दोलन चर्किएको हो ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रशासनले निषेधाज्ञा लगाएको भएपनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

यो सम्बन्धी:

घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित
महोत्तरी | महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिर…
बर्दिबासमा गाेली चल्याे एक घाइते
६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेक…
बलात्कार पछि हत्या आरोपमा पक्राउ परेकाकाे घरमा आगजनी
महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो नि…
1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send