काठमाडौ | पछिल्लो समय बजारमा नायिका वर्षा सिवाकोटीको विवाह हाँस्य कलाकार मनोज गजुरेलसंग हुन आटेको भनेर हल्ला चलिरहेको छ ।
यस विषयमा धेरै समचारहरु बजारमा आएका थिए । अहिले यो कुरा सामाजिक संजालमा फैलिरहेका छन् ।
तर यता नायिका वर्षा सिवाकोटीको नाम हाँस्य कलाकार मनोज गजुरेलसंग जोडिएपछि उनि आक्रोशित बनेकी छिन् । सामाजिक संजालमा फेसबुकमा एक स्ट्याटस हाल्दै आफ्नो आक्रोश पोखेकी हुन् ।
उनले पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको स्ट्याटस:
“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ ।
हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो
यो पनि पढ्नुहोस्: