डर्टमण्डको मैदानमा बायर्नको जित


डर्टमण्डको मैदानमा बायर्नको जित

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गरे ।डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक एक गोल फर्काए ।

जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...