http://bit.ly/bajajdurbartimes

बिबिएल : सन्दीप लामिछानेले भोलि मैदानमा उत्रिने


बिबिएल : सन्दीप लामिछानेले भोलि मैदानमा उत्रिने

नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल)को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्।

बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए। उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन्।

भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।

आज हुरिकेन्सले घोषणा गरेको टिममा सन्दीप पनि अटाएका छन्। उनले अहिलेसम्म ६ खेल गुमाएका छन्।

उनको खेल नेपाली समयअनुसार, भोलि बिहान ११ः५० बजे सुरु हुनेछ।

उनले यस पटक आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन्। दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले आईपीएल अवधिभरि बेन्चमै बस्नु परेको थियो।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send