भाइमसला किन्दै हुनुहुन्छ? यस्तो छ खुद्रा मूल्य


भाइमसला किन्दै हुनुहुन्छ? यस्तो छ खुद्रा मूल्य

नेपाली हिन्दु परम्पराअनुसार तिहारमा भाइटिकाको दिन दिदी–बहिनीले दाजु–भाईलाई टिका लगाएर क्षमता अनुसार भाइमसला, फलफुल, रोटी, कपडा लगायत दिने चलन छ।

तिहार नजिकिएसँगै अहिले राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनमा भाइमसला किन्न आउने ग्राहक र खुद्रा व्यपारीको कारण झनै खचाखच देखिन थालिसकेकाे छ। यो समयमा ठूला बजार मात्रै नभई फुटपाथमा पनि मसला किन्नेको भीड देखिन्छ।

साधारणतया फुटपाथमा ५०, १ सय, १ सय ५० र २ सय रुपैयाँ पर्ने मसलाको प्याकेट पाइन्छ।

विशेषतः कुकुर तिहार, लक्ष्मी पूजा र गोर्वधन पूजाको दिन अत्याधिक भाइमसला बिक्री भएपनि अहिलेदेखि मसलाकाे व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्।

यस्तो छ भाइमसलाको यो वर्षको खुद्रा मूल्यः
काजु (भियतनाम) –१५००
काजु (इन्डियन) – १६००
पेस्ता – १८००
नेपाली बदाम – २००
ओखर (अमेरिकन)– ५५०
ओखर चाइनिज – ६००
ओखर (नेपाली) – १२००
नरिवल – ४५०
छोकडा – २५०
अन्जिर – १६००
खुर्पानी – ८००
मिश्री (धागो)– १६०
मिश्री (चक्का) –२००
सुपारी – ७००
ल्वाङ्ग – १०००
सुकुमेल –५०००
दालचिनी – ४५०
फुला – ९००

माथिको मूल्य सूची काठमाडौंका केही खुद्रा मसला पसलहरूको मूल्यको आधारमा तयार पारिएको हो। यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ।

२० प्रतिशतले घट्यो भाइमसलाको व्यापार
काठमाडाैं, २५ कात्तिक । यस पटकको तिहारमा भाइमसलाको व्यापार घटेको व्यपारीहरुले गुनासो गरेका छन् । कोरोना संक्रमणका कारण यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य २० प्रतिशतले कम हुनुका साथै व्यापार व्यवसायमा पनि कमी आएको उनीहरुले गुनासो गरेका हुन् । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किन…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...