भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध , नेपालमा मूल्य वृद्धि


भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध , नेपालमा मूल्य वृद्धि

छिमेकी मुलुक भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ ।

अस्वभाविक मूल्य वृद्धि भएपछि भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।

त्यताबाट निर्यातमा राेक लगाउने निर्णय गरेसँगै मंगलबार नेपालमा १५ रूपैयाँले प्याजमा मूल्य वृद्धि भएको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...