भारतीय नेताहरू चीनकाे निगरानीमा

कलाकारहरूसमेत निशानामा रहेकाे खुलासा


भारतीय नेताहरू चीनकाे निगरानीमा

चीनले भारतका हाई प्रोफाइल नेताहरुमाथि कडा निगरानी गरिरहेको खुलेको छ।

सेन्जेन इन्फरमेशन टेकनोलोजी फर्मले विकास गरेको ओभरसिज कि इन्फरमेशन डाटावेस (ओकेआईबिडी) चिनियाँ कम्युनिष्ट पार्टीसित आवद्व रहेको र उक्त डाटावेसबाट चीनले भारतीय सत्तारुढ दल र विपक्षी दल लगायतका नेताहरुमाथि निगरानी राखिरहेको विषय इन्डियन एक्सप्रेस खुलाएको हो ।

इडियन एक्सप्रसले ग्रयानुअल डाटालाई उद्धृत आर्टिफिसियल इन्टेलिजेन्स र बिग डाटाको मद्दतले विगत दूई वर्षमा सात सय नेताहरुको प्रत्येक गतिविधि साथै ४६० जना नेताका आफन्तहरुको निगरानी भइरहेको पाइएको छ । सय जना नेताहरुको पारिवारिक विवरण र करिब तीन सय ५० पूर्व सांसदहरु समेत समावेश छन् । भारतका ठूला परिवार र कलाकारहरुसमेत यस निगरानीको शिकार भइरहेको उल्लेख छ । यस निगरानीमा भारतका दूई राष्ट्रपति स्वः प्रणव मुखर्जी र एपीजे अब्दूल कलाम लगागत पूर्व प्रधानमन्त्री स्वः राजीव गान्धी, पी भी नरसिम्हा राव, अटल विहारी बाजपेयी लगायतको नाम समेत रहेको भनिएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...