durbar-times

भारतमा आँधीका कारण जनजीवन अस्तव्यस्त


भारतमा आँधीका कारण जनजीवन अस्तव्यस्त

नयाँ दिल्ली– भारतको दक्षिण पश्चिम राज्यहरुमा चक्रवाती आँधी तौकतेले विध्वंश मच्चाउने क्रम जारी छ । केरला, कर्नाटक तथा गोवामा विध्वंश मच्चाएपछि उक्त आँधी गुजरातर्फ बढिरहेको एउटा समाचारमा जनाइएको छ ।

अहिलेसम्म उक्त आँधीबाट प्रभावित क्षेत्रमा ८ जना मानिसको ज्यान गैसकेको छ भने सयौं रुखहरु लडेका छन् । थुप्रै घरहरुमा क्षती पुगेको छ । आँधीसंगै गुजरातको तटीय क्षेत्रमा आज र भोलि भिषण वर्षा हुने सम्भावना छ । जुरातमा आँधीबाट हुने सम्भावित क्षतीको अनुमान गर्दै प्रशासन सतर्क भएको छ । साथै समुद्री किनारका माछा मार्ने किसानहरुलाई सुरक्षित स्थानहरुमा सारिएको छ । मौसम विभागले चक्रवाती आँधी आज साँझ अथवा भोलिसम्ममा गुजरातको समुद्री तटसम्म ठोक्किने जनाएको छ ।

विभागले उक्त आँधी आगामी २४ घण्टामा थप खतरनाक हुने चेतावनी दिएको छ । उक्त आँधीकै कारण मुम्बईमा तिब्र हावासंगै पानी पर्न थालेको छ । मौसम विभागले अत्यधिक वर्षा हुने अनुमान गर्दै अलर्ट जारी गरेको छ । मुम्बईको वडालामा आँधीको प्रभाव देख्न थालिसकेको छ । आँधीको खतराका बीच मुम्बईमा पाँच स्थानमा अस्थायी सेल्टर होम बनाइएको छ । उता,गोवामा आँधी थप विनासकारी भएको छ ।

भिन्न घटनामा दुई जनाको निधन भएको छ । एउटा घटनामा मोटरसाइकलमा यात्रा गरिरहेका व्यक्तिमाथि बिजुलीको पोल खसेको थियो भने अर्को घटना रुखले थिचेर एक जना व्यक्तिको निधन भएको छ । गोवाका कम्तिमा एक सय वटा घर हुरीका कारण ध्वस्त भएका छन् भने सामान्य क्षती पुगेका घरहरुको संख्या धेरै छ । गोवामा करिब पाँच सयवटा रुखहरु सडकमै खसेकाले विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send