durbar-times

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो


भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार १ सय ८७ संक्रमितको मृत्यु भएको छ ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो । योसँगै भारतमा संक्रमित को संख्या दुई लाख ३८ हजार २ सय ७० पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा चार लाख १ हजार ७८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ८ हजार ३ सय ४४ परीक्षणमध्ये चार लाख १ हजार १ सय ७८ मा संक्रमण पुष्टि भएको हो । अघिल्लो २४ घण्टामा भने चार लाख १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send