durbar-times

भागरथी हत्याका आरोपी सार्वजनिक,यसरी गरिएको रहेछ हत्या


भागरथी हत्याका आरोपी सार्वजनिक,यसरी गरिएको रहेछ हत्या

काठमाडौ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत अभियुक्त सार्वजनिक गरेको हो । भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई सार्वजनिक गरिएको हो । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए ।  किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन् । तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने । भट्टले ढुकेर भागरथीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए । माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए ।

अभियुक्तले हत्या स्वीकार गरेको सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।अभियुक्त दिनेश पनि सनातन धर्म माध्यमिक विद्यालयमा पढ्थे ।

1

युभेन्टससँग इन्टर मिलान पराजित

2

लेवानडोवस्कीले गरे ४९ वर्षदेखिको कीर्तिमानसँग बराबरी

3

१२ किलो गाँजासहित दुई जना पक्राउ

4

एनएसएलमा काठमाडौं च्याम्पियन : किरण उत्कृष्ट गोलकिपर, मेसोके उत्कृष्ट मिडफिल्डर

5

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

6

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान


Share Tweet Send