भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो


भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो

नयाँदिल्ली– भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।

यस्तै, २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...