राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन :भीम रावल


राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन :भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।

पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय हुँदा पदको मर्यादा उलंघन हुने र स्थापित प्रणालीको अवज्ञा हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’सँग नेकपा विवाद समाधानको विषयमा छलफल गरेकोप्रति लक्षित गर्दै रावलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताएका हुन् ।

'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली
काठमाडौैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको पनि उल्लेख गरेका छन् । ओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारीकाठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्र…
स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ- गोकुल बास्कोटा
काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन् । उनले अर्को सम्झौतापछि विवाद समाधान हुने टिप्पणी गरे । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन् । ’…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...