http://bit.ly/bajajdurbartimes

मन्त्रिमण्डल भ्रष्टाचारका काण्डहरुका नाइकेको घर हाे : गगन थापा


मन्त्रिमण्डल भ्रष्टाचारका काण्डहरुका नाइकेको घर हाे : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान मन्त्रिपरिषद् भ्रष्टाचारजन्य गतिविधिमा संलग्न मान्छेले भरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिमण्डललाई उनले भ्रष्टाचारका काण्डहरुका नाइकेको घर भन्दै आलोचना गरे।

नवनियुक्त वनमन्त्री प्रेम आलेमगर र बालुवाटार जग्गा प्रकरणमा मुछिएका अर्थमन्त्री विष्णु पौडेलतर्फ संकेत गर्दै थापाले भने, ‘जसले वन खान्छ त्यो वन मन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे।’

नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘यो तीन वर्षमा प्रधानमन्त्रीले एक पछि अर्को अपराध अपराध गर्दै जानुभयो। भ्रष्टाचारको काण्डहरु हेर्नुस् त। आज प्रधानमन्त्री वरिपरिका मान्छेहरु हेर्नुस् त। प्रधानमन्त्रीले बनाएको अर्थमन्त्री हेर्नुस् त। प्रधानमन्त्रीले बनाउनुभएको वनमन्त्री हेर्नुस् त। जसले वन खान्छ त्यो वन मन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे। एकपछि अर्को काण्ड। जनताका लागि एकरती नसोच्ने सरकार। यस्तो हुँदा कति पटक संसदमा करायौं हामी? केपी ‌ओलीको सरकारमा नेपालमा शासन गर्न अयोग्य सरकार हो।’

1

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

2

अन्ततः डा गोविन्द केसी पनि सडकमा

3

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

4

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?

5

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

6

इन्फ्रास्ट्रक्चरको आइपीओमा आवेदनको बाढी,पहिलो दिन कति पर्यो आवेदन?


Share Tweet Send