http://bit.ly/bajajdurbartimes

अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक अश्वेत व्यक्ति


अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक अश्वेत व्यक्ति

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् ।

६७ वर्षका जनरल अस्टिन  रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पहिलो अफ्रिकी–अमेरिकी हुनेछन् । ओबामा सरकार हुँदा उनले अमेरिकी सेन्ट्रल कमान्डको नेतृत्व गरेका थिए । यद्यपि, उनको नाममा संसदको स्विकारोक्ति पनि आवश्यक छ किनभने उनले अवकाश लिएको सात वर्षभन्दा पनि कम समय छ ।

बाइडेनको यो निर्णय उनको राष्ट्रिय सुरक्षा समूहका वरिष्ठ सदस्यको नामको घोषणा भएको दुई हप्तापछि आएको छ ।

बाइडेन र जनरल अस्टिनले यो मामिलामा अहिले सम्म कुनै सार्वजनिक बयान दिएका छैनन् । सुरुमा बाइडेनले वरिष्ठ पेन्टागन अधिकारी मिशेल फ्लोरनोयलाई यो पदका लागि चयन गर्ने खबर प्रकाशित भएको थियो । यदि यस्तो हुने हो भने उनी यो पदमा नियुक्त हुने पहिलो महिला हुने थिइन् ।

बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिने तयारीमा छन् । राष्ट्रपति ट्रम्पले अहिलेसम्म पनि आफ्नो हार स्विकारेका छैनन् र प्रमाण पेश नगरीकनै चुनावमा धाँधली भएको दाबी गरिरहेका छन् ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send