पेन्सिलभानियामा पनि बाइडनले लिए अग्रता


पेन्सिलभानियामा पनि बाइडनले लिए अग्रता

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडनले अन्ततः पेन्सिलभानियामा पनि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पछाडी पारेकाछन् ।

२६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् ।

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन् ।

यसअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले यी दुई राज्यमा अग्रता लिइरहेका थिए ।

२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ ।

इडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् ।

१६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल छन् ।

ट्रम्पले चुनाव हारेमा उनको ट्वीटर अकाउन्ट पनि सदाका लागी हट्नसक्छ
अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् । उनले उक्त सामाजिक सञ्जाल आफ्न…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...