वाटर थेरापी : बिहान खाली पेट पानी पिउनुका ९ फाइदा


वाटर थेरापी : बिहान खाली पेट पानी पिउनुका ९ फाइदा

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो ।

खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ । खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ । एभोकाडो के हो? …

आन्द्रामा फ्लस

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ। तपाईलाई एक  बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

जाडो मौसम भित्रियो-यो मौसममा के के नखाने जानिरखौँ
एजेन्सी | कतिपय उपभोग्य वस्तुमा निहित स्वस्थ्यकर तत्वलाई सम्झेर हामी त्यसलाई प्रयोग गरिरहेका हुन्छौं । स्वस्थ्यकर तत्वमात्र हैन यी वस्तुको प्रयोग गरिने मौसमलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ । उपयुक्त समयमा उपभोग नगर्दा स्वस्थ्यकर वस्तु नै विष समान हुने भएकोले पनि वस्तुको उपभोग मौसमलाई सुहाउँदो र…

भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ

पानी पिउदा कोलोन सफा गरिदिन्छ। एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ। यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ।जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ। यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

एभोकाडो के हो? तौल नियन्त्रणदेखी छालाको सुन्दरता का लागि
एजेन्सी | एभोकाडो अर्थात् घ्यूफलमा भिटामिन, क्याल्सियम, आइरन, एन्टी–अक्सीडेन्ट र एन्टी–भाइरल गुणहरू भरपूर हुन्छन् । यसको नियमित सेवनले तौल नियन्त्रणमा रहन्छ र क्यान्सर जस्तो गम्भीर रोग पनि लाग्न पाउँदैन । अनि छालाको सुन्दरता पनि यसले कायम गर्छ । यसका अन्य फाइदा यसप्रकार छन् : एभोकाडोमा भएका गुणहर…

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन। दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन।

अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण
हिजो आज मानिसहरु चलन चल्तिका विषयमा बुझ्न खोज्ने अथवा रित परिवर्तन गर्न चाहने व्यक्तिहरु ति तमाम सन्स्क्रिती माथि आफ्नो आवश्यकता अनुरूप व्याख्या र तर्क गर्ने गरेका छन्। यस्तै केही विषय मध्य अण्डा शाकाहारी हो या मांशाहारी हो भन्ने विषयमा पनि निकै बहस हुने गरेको भेटिन्छ। अझ नेटिजन (ईन्टरनेट सन्जालका ज…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...