http://bit.ly/bajajdurbartimes

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु


स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट सख्त घाइते भएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका–३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

1

वेभसाइट डाउन,काेटा प्रणाली तत्काल नहट्ने

2

अनिलकाे अर्धशतक , कर्णालीले पायाे १९६ रनकाे लक्ष्य

3

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले दियाे बागमती प्रदेशलाई १ सय १२ रनको लक्ष्य

4

साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार?

5

शंकर पाेख्रेलः नेपालज्यू एमालेविरुद्ध घात भएन ?

6

माउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम


Share Tweet Send