durbar-times

विमानस्थलद्वारा सेवाग्राहीमा अपिल


विमानस्थलद्वारा सेवाग्राहीमा अपिल

भुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मास्क लगाएर मात्र विमानस्थलमा प्रवेश गर्न सेवाग्राहीमा अपिल गरेको छ ।

कार्यालयले ६ बुँदे विशेष अनुरोध गर्दै मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, तापक्रम नापेर मात्र टर्मिनलमा प्रवेश गर्न र लाइन बस्दा सांकेतिक पाइला पच्छ्याउन अपिल गरेको हो ।

साथै विमानस्थल हाताभित्र बिदाइलाई पनि निरुत्साहित गरिएको छ ।

'विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गरिदिनुहुन अनुरोध छ ।' प्राधिकरणको सार्वजनिक अनुरोधमा भनिएको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send