उद्योगपती तथा विश्वका १०० बिलियनर(अरबपती) मध्य पहिलो नेपालीका रुपमा चर्चा कमाएका नेपाली काङ्ग्रेसको सांसद समेत रहेका बिनोद चौधरीले हवाइ उडान सम्बन्धी आफुले भोगेको समस्यालाई जोडेर संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रश्न उठाएका छन्।
"अहिले यात्रा गर्न गाह्रो छ विशेष त दिल्ली-काठमाडौं यात्रा गर्न निक्कै गाह्रो छ! बोडरको माध्यमबाट यात्रा सम्भव भए पनि हवाइ यात्रा खुला छैनन्। त्यसैले, म भैरहवा पुग्न दिल्ली देखी गोरखपुर गएँ र त्यहाँबाट बोडर पार गरें, र अब यहाँबाट काठमाडौंको लागि उड्दैछु। आश्चर्यमा छु, हवाइ उडान किन होल्डमामा छन्, योगेश भट्टराई?", चौधरीले आफ्नो सामाजिक संजाल मार्फत भट्टराईलाई प्रश्न गरेका छन्।
चौधरीको प्रश्नसँगै यसमा धेरै नेटिजनहरुले सहमती समेत जनाएका छन्।
अङ्ग्रेजीमा प्रेसित चौधरीको फेसबुक पोस्ट: