काठमाण्डौ | सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले भोलि (शनिवार)का दिन ‘नेपाल बन्द’को आह्वान गरेको छ।
बिहीबार पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा बन्दको कार्यक्रम सार्वजनिक गरेको बताएको थियो ।