विप्लव समूहका कम्पनी कमिशनर सहित दुई जना हतियारसहित पक्राउ


विप्लव समूहका कम्पनी कमिशनर सहित दुई जना हतियारसहित पक्राउ

मोरङ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन्।

मोरङ प्रहरीले विप्लव माओवादीका कम्पनी कमिशनरसहित दुई जनालाई मिक्लाजुङ गाउँपालिका–१ बाट बुधबार पक्राउ गरेको हो।

‘रअ’ प्रमुखसँगको भेटको विषयबस्तु सार्वजनिक गर्न विप्लव पार्टीको माग
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले बुधबार राति प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको छ । केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबा…

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका-६ बस्ने १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन्। काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची-कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई साधरण सदस्य हुन्।

मिक्लाजुङमा उनीहरूले हातहतियार देखाएर स्थानीयसँग लामो समयदेखि चन्दा अशुल गरिरहेको गुनासो आएपछि प्रहरीले खोजी गरिरहेको थियो।

सोही सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई मिक्लाजुङ गाउँपालिका–१ स्थित विजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ।

विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ संक्रमितको निशुल्क उपचारको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकार संक्रमितको उपचारबाट पन्छिएर अमानवीय क्रियाकलापमा लागेको भन्दै नेकपाले आन्दोलन गर्ने निर्णय गरेको हो। सरकारले कोरोनाको परीक्षणमा …

उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केसी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बम विस्फोटमा प्रयोग हुने सामग्रीहरू बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...