http://bit.ly/bajajdurbartimes

विप्लव र राजावादीको गतिविधि समीक्षा गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक


विप्लव र राजावादीको गतिविधि समीक्षा गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक

काठमाडौँ- प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आपराधिक गतिविधि बढेपछि आवश्यक रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ ।

चन्द समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे बैठकमा समक्षा हुनेछ ।

मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको चन्द समूहबाट भएको हत्या र पछिल्ला दिनहरुमा 'राजसंस्था' को पक्षमा देखिएको प्रदर्शन बारे समीक्षा गर्न बैठक बस्न लागेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् । २०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि विप्लव समूह भूमिगत छ ।

गणतन्त्रका विरूद्ध तथा राजतन्त्रका पक्षमा प्रदर्शन भएपछि प्रधानमन्त्री ओलीले मंगलबार  नै सर्वदलीय बैठक पनि आह्वान गरेका थिए । चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।

यो पनि पढ्नुहोस्:

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send