durbar-times

विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली


विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा प्रवक्ता प्रकाण्ड सहित दीपक चलाउने रहेका पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सरकारसँग वार्ताका लागि विप्लव समूहले केही दिनअघि नै टोली गठन गरेको जनाइएको छ ।

सरकारले यसअघि आजै गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्ता सफल भए सरकारले आजै विप्लव समूहमाथि प्रतिबन्ध पनि फुकुवा गर्ने तयारी गरेको छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send