durbar-times

सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन, महामन्त्री भट्टराईसहित नेता कार्यकर्ता पक्राउ


सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन, महामन्त्री भट्टराईसहित नेता कार्यकर्ता पक्राउ

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दीपक भट्टराईसहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषधाज्ञा जारी रहेकै अवस्थामा नेविसंघले आज काठमाडौँको गंगबु चोकमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघका नेताहरु किशोर गुरूङ, सन्तोष आले, धर्मराज शाही, परोपकार अधिकारी,  सुदर्शन पनेरू, हिक्मत शाही, दीपेन्द्र ढकाल, सुमन बुढामगर पक्राउ परेका हुन् । प्रदर्शनमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।

चुरे क्षेत्रको दोहन गरी ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम बजेटमा समावेश भएको भन्दै नेविसंघले उक्त कार्यक्रम फिर्ता लिनुपर्ने बताएको छ । त्यस्तै उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने नेविसंघको माग छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send