विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार नयाँ संक्रमित थपिए


विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार नयाँ संक्रमित थपिए

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड २७ लाख ६५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ९३ हजार ४६३ पुगेको छ । हालसम्म २ करोड ४१ लाख ७८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७२ लाख ४४ हजार १४४ पुगेको छ । यहाँ हालसम्म २ लाख ८ हजार ४४० हजार जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ५९ लाख ३ हजार ९३२ संक्रमित हुँदा ९३ हजार ४१० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४६ लाख ९२ हजार ५७९ जना संक्रमित हुँदा १ लाख ४० हजार ७०९ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख २६ हजार ४८ संक्रमित हुँदा २० हजार ५६ जनाको मृत्यु भएको छ । कोलम्बियामा ७ लाख ९८ हजार ३१७ संक्रमित हुँदा २५ हजार १०३ जनाको मृत्य भएको छ । पेरुमा ७ लाख ९४ हजार ५८४ जना संक्रमित हुँदा ३२ हजार ३७ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या ७ लाख ३५ हजार १९८ पुगेको छ भने ३१ हजार २३२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ लाख २० हजार ८५८ जना संक्रमित हुँदा ७५ हजार ८४४ को मृत्यु भएको छ । अर्जेन्टिनामा ६ लाख ७८ हजार २६६ संक्रमित हुँदा १५ हजार २०८ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ६८ हजार ५२९ जना संक्रमित हुँदा १६ हजार ३१२ जनाको मृत्यु भएको छ । फ्रान्समा ५ लाख १३ हजार ३४ संक्रमित हुँदा ३१ हजार ६६१ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ५३ हजार ८६८ जना संक्रमित हुँदा १२ हजार ४६९ को मृत्यु भएको छ । इरानमा ४ लाख ३९ हजार ८८२ जना संक्रमित हँदा २५ हजार २२२ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ४१ हजार ९३६ जनाको मृत्यु भएको छ भने ४ लाख २३ हजार २३६ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख ६५ हजार ७६७ जना संक्रमित हुँदा ५ हजार ९३ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ३२ हजार ३२९ हजार संक्रमित हुँदा ४ हजार ६२५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ३ लाख ९ हजार ५८१ संक्रमित हुँदा ६ हजार ४५१ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ३३७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ८० हजार ४९७ जना संक्रमित हुँदा १ हजार ५३२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ७० हजार ६१४ जना संक्रमति फेला पर्दा ५१ हजार ८६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४५९ जनाको भने मृत्यु भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...