२०१७ पछी पहिलो पटक १८,००० डलर भन्दा माथि पुग्यो बिटकोइन


२०१७ पछी पहिलो पटक १८,००० डलर भन्दा माथि पुग्यो बिटकोइन

प्रमुख क्रिप्टोकरेंसी बिटकोइनको  भाउ बुधबार ह्वातै बढेर १८००० डलर पार गरेको छ। यो २०१७ पछिको सबै भन्दा धेरै बढेको मूल्य हो। इंट्र्राडे कारोबारमा यस्ले १८,४८३ डलरको उच्च स्तर छोएको छ।

पछिल्लो तीन दिनमा विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरन्सी १ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष भने अहिलेसम्म क्रिप्टोकरन्सी करिव १६० प्रतिशतले मजबुत भएको छ। डिसेम्बर २०१७ को अन्तिम भागमा, बिटकोइनले १९,७८३ डलरको आज सम्मकै उच्च स्तर छोएको थियो।

संस्थागत लगानीकर्ताहरूले पनि अब बिटकोइनमा लगानी गरिरहेका छन्। लगानी प्लेटफर्म इटोराका विश्लेषक साइमन पीटर्सका अनुसार क्रिप्टो उद्योग अहिले परिपक्व छ र संस्थागत लगानीकर्ताहरूले पनि यसमा लगानी गर्न थालेका छन्। लगानीकर्ताले मुद्रास्फीति बचाउन बिटकोइन प्रयोग गरिरहेका छन् किनकि सरकारले अझै पनि प्रोत्साहन प्याकेजलाई जारी राख्ने आशा राखेको छ। यद्यपि, बिटकोइनको १२ वर्षे ईतिहासमा भारी वृद्धि र गिरावटका धेरै चरणहरूआइसकेका छन्।

बिटकोइन यस बर्षको शुरूमा करीव ७,००० मा ट्रेड गरिएको थियो। २.१ करोडको सीमित संख्याको बिटकोइनमा पछिल्लो ६  हप्तामा ८०%ले वृद्धि भएको छ। वर्षको सुरुमा यो लगभग ७००० मा कारोबार गरिएको थियो। यस बर्षको अन्त्य सम्ममा यो २०,००० डलरको स्तरमा पुग्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन्, यद्यपि केही विश्लेषकहरुको यो पनि अनुमान छ कि क्रिप्टोकरेन्सीको मूल्यमा करेक्शन आउन सक्छ र डिसेम्बरको पहिलो हप्तामा १४,००० डलरसम्म आउनसक्छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...