बुधबार बजार खुल्नासाथ ३ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लागेका कम्पनीहरूमा एन आइसी एशिया लघुवित्त , युनिभर्सल पावर कम्पनी, साञ्जेन जलविद्युत रहेका छन् ।
एन आइसी एशिया लघुवित्तकाे मूल्यमा ९.९८ प्रतिशत मूल्य बढेकाे छ । त्यस्तै युनिभर्सल पावर कम्पनीकाे मूल्यमा ९.७० प्रतिशत र साञ्जेन जलविद्युतकाे मूल्यमा ९.४१ प्रतिशत मूल्य बढेकाे छ ।
मर्जपश्चात काराेबार खुलेकाे एन आइसी एशिया लघुवित्तकाे मूल्य काराेबार भएकाे दिनदेखि नै सर्किट लेबलमा बढेकाे छ । अरू दुइ कम्पनीकाे मूल्य भने अहिले घटिसकेकाे छ ।