सामाजिक सञ्जालमार्फत फेक आइडी प्रयोग गरी सेयर बजार सम्बन्धी अनावश्यक हल्ला र भ्रम फैलाउनेहरुको सक्रियता बढेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन स्टक ब्रोकर एसोसिएसनले नियामक निकायहरुसँग आग्रह गरेको छ । सेयर बजारसँग सम्बन्धित विभिन्न संस्था तथा निकायहरुका व्यक्तिहरुलाई लक्षीत गरी फेक एकाउन्टबाट गालीगलौज गर्ने क्रम बढेकोतर्फ पनि एसोसिएसनले ध्यानाकर्षण गराएको छ ।
साथै, सूचीकृत कम्पनीहरुका विषयमा पनि अनावश्यक हल्ला फैलाउने र साधारण लगानीकर्तालाई दिग्भ्रमित बनाउने कार्य हुन थालेकाले नियमन संयन्त्र बनाउन नेप्से, धितोपत्र बोर्ड र अर्थमन्त्रालयसँग ब्रोकरहरुले आग्रह गरेका छन् ।