पुन : हलमा रिलिज हुँदै बलिउडका यी सुपरहिट फिल्महरु


पुन : हलमा रिलिज हुँदै बलिउडका यी सुपरहिट फिल्महरु

भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबर अर्थात् भोली बिहिबारबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म 'पीएम नरेन्द्र मोदी' रिलिज हुने भएको छ ।

केही समय अगाडि भारतका चर्चित चलचित्र निर्माताहरुले हल खुलेपछि आफ्नो चलचित्र विना शुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

हल खुलेपछि ‘तान्हाजी, शुभ मंगल ज्यादा सावधान, मलंग, केदारनाथ, थप्पड, वार’ लगायतका चलचित्र चल्ने पक्का भएको छ ।

केही स्थानमा नायक टाइगर श्राफको चलचित्र ‘बाघी ३’ चलाउने तयारी पनि भैरहेको छ । यस्तै, डिजिटल प्लेटफर्ममा रिलिज भैसकेका ‘दिल वेचरा, सडक २, शकुन्तलादेवी, खुदा हाफीज, गुञ्जन सक्सेना, गुलाबो सिताबो’ लगायतका चलचित्रलाई पनि हलमा रिलिज गर्ने तयारी गरिएको छ ।

तर, भारतमा मुख्य मल्टिप्लेक्स हलहरुले भने यी चलचित्र चलाउन अस्विकार गरेका छन् । भारतमा फ्रेस रिलिजका रुपमा चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुनेछ । चलचित्र ‘सूर्यवंशी’ भने जनवरीदेखि मार्च महिना भित्र कुनै पनि दिनबाट चलाउने तयारी निर्माताले गरेका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...